नेपाल राष्ट्रिय शिक्षक संगठन बिर्तामोड नगर समितिको सपथ ग्रहण

बिर्तामोड । नेपाल राष्ट्रिय शिक्षक संगठन बिर्तामोड नगर समितिको दोस्रो नगरसभा, सपथ ग्रहण तथा पद हस्तानतरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार झापाको बिर्तामोड स्थित शिक्षक भवनमा एक कार्यक्रमकाबिच नगर अधिवेशन सहित सपथ ग्रहण तथा पद हस्तानतरण कार्यक्रम सम्पन्न भएको हो ।

EPIC

संगठनका प्रदेश १ का अध्यक्ष बुद्धिमान कार्कीको प्रमुख आतिथ्यता तथा संगठनका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा निर्वाचन समितिका सदस्य शान्ता रोक्काले स्वागत गरेका थिए ।

संगठनको नगर समितिमा निर्वाचित भएका अध्यक्ष उमानाथ भण्डारी, पुरुष उपाध्यक्षमा दलबहादुर खड्का, महिला उपाध्यक्षमा इन्दीरा वस्ती, सचिव गोविन्द न्यौपाने, सह–सचिव उषा ढकाल, कोषाध्यक्ष मेदनीप्रसाद उप्रेती, सह–कोषाध्यक्ष शान्तीदेवी मिश्र,

खुल्ला सदस्यहरुमा बिष्णुप्रसाद भट्टराई, इन्दिरा खनाल, देबीप्रसाद कडरीया, दिनेशकुमार बास्कोटा, लक्ष्मीप्रसाद गौतम, भिप्रसाद आर्चाय, भद्रकला प्रसाई ,त्यस्तै महिला सदस्यहरुमा सुनिता निरौला, चम्पा भट्टराई, कौशिला आर्चायलाई निवार्चन संयोजक रामचन्द्र भट्टराईले सपथ ग्रहण गराएका थिए ।

EPIC EPIC EPIC

कार्यक्रममा संगठनका उपाध्यक्ष द्रोण बहादुर श्रेष्ठ, निवर्तमान नगर अध्यक्ष उमानाथ प्याकुरेल, संगठनको निवर्तमान राष्ट्रिय परिषद सदस्य धमेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रममा निर्बाचित अध्यक्ष भण्डारीले संगठनलाई सबैको साझा संगठनको रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए ।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar