नेपाल रेडक्रस सोसाइटी बुद्धशान्तिको २१औ सभा सम्पन्न

बुद्धशान्ति । नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखा बुधवारे झापाको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी सभापति सीता निरौलाको सभापतित्व, बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भूर्तेलको प्रमुख आतिथ्य, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालकको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा शाखा बुद्धशान्तिका उपसभापति लोकनाथ गौतमले उपस्थित अतिथिलाई शाब्दिक स्वागत गरेका थिए ।

कार्यक्रममा उपशाखाका सचिव पुष्पराज भट्टराईले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत र कोषाध्यक्ष जीतवहादुर श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई सभाले सर्वसम्मत रुपमा पास गरेको बताइएको छ ।

EPIC EPIC EPIC

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि उपाध्यक्ष भूर्तेलले रेडक्रस विना कुनै पनि प्रकोप व्यवस्थापन गर्न सम्भव नहुने भन्दै गाउँपालिकाको सहयोगी सस्थाको रुपमा रेडक्रसले कार्य गर्दै आएकोमा धन्यवाद ज्ञापन गरिन् । उनले आगामी दिनमा रेडक्रसलाई पालिकाको संधै सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरेकी छिन् ।

मन्तव्यकै क्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी सोसाइटी झापाका सभापति लोकराज ढकालकले जिल्लाका उपशाखाहरुमध्ये उत्कृष्ट उपशाखा भन्दै बुद्धशान्ति उपशाखाको प्रसंशा गरे । उनले रेडक्रस नाम मात्र अन्तराष्ट्रि रहेको र काम स्थानीय रुपमा आफै श्रोत व्यवस्थापनमा गर्नु पर्ने मा जोड दिए उनले भने निष्पक्ष,र तटस्थताले नै रेडक्रस वचाएको समेत वताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सोसाइटी बुद्धशान्ति उपशाखा मार्फत विशिष्ट सदस्यता लिनुहुने २४ जना र कोरोना महामारीमा विच अग्रपंक्तिमा रहेर सेवा गर्नुहुने १० जना रेडक्रस कर्मीहरुलाई दोसल्ला सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

सम्मानित हुनुहुनेमा निवर्तमान सभापति हरिप्रसाद पोखरेल, उप—सभापति श्री लोकनाथ गौतम कोषाध्यक्ष जीतवहादुर श्रेष्ठ , उप कोषाध्यक्ष श्री रुक्मीणा पाठक,।समिति सदस्य सन्तोष विक, आजिवन सदस्य देवेन्द्र निरौला, मीना निरौला, विष्णु गौतम, कार्यालय सचिव लेखनाथ अधिकारी, एम्वुलेन्स चालक महेन्द्र गौतम रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि र विषेश अतिथिले गरेका थिए । सम्मान ग्रहण पछि निर्वमान सभापति समेत रहेका हरिप्रसाद पोखरेलले आफुले पाएको सम्मानले थप जिम्मेवार वनाएको भन्दै रेडक्रस अभियानमा रहेर काम गर्दा आत्मासन्तुष्टी मिल्ने गरेको वताए ।

नेपाल रेडक्रस सोसाइटी विधान अनुसार चार वर्षको कार्यकाल समेत समाप्त यस उपशाखाको नयाँ कार्यसमिति निर्माणका लागि छैटौ अधिवेशन समेत गरिने भएको छ । निर्वाचन प्रकृयाको लागि नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाले मिति तय गरि प्रकृया अगाडी वढाउने भएको बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *