Search
Close this search box.
Search
Close this search box.

नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको २०औँ वार्षिक सभा सम्पन्न

बुद्धशान्ति । नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको २० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका सभापति सीता निरौलाको सभापतित्व, बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भूजेलको प्रमुख आतिथ्य, एवम् नेपाल रेडक्रस सोसाइटी केन्द्रिय सदस्य एवम् झापा जिल्ला सभापति लोकराज ढकाल र बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भूर्तेलको विशेष आतिथ्य, बुद्धशान्ति कार्यपालिका सदस्यहरु र विशिष्ट र यस्शकर सदस्यहरुको आतिथ्य रहेको कार्यक्रममा संस्थाका सचिव पुष्पराज भट्टराईले प्रगति प्रतिवेदन र कोषाध्यक्ष जीत बहादुर श्रेष्ठले १०,३०,७५४/६० को प्राप्ती भुक्तानी पेश गरेका थिए ।

पानसमा दिप प्रज्वलन तथा हेनरी डयुनाको तस्विरमा माल्यारोपण गरी उद्घाटन गरिएको कार्यक्रमलाई प्रमुख आतिथि रमेशकुमार भूजेलले रेडक्रस गतिविधिमा आफु नजिक रहेको र रेडक्रसको श्रीबृद्धि को लागि गाउँपालिकाको तर्फ बाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसैगरी नेपाल रेडक्रस सोसाइटी का केन्द्रिय सदस्य लोकराज ढकाल, गाउँपालिका उपाध्यक्ष मिरा भूर्तेल, निवर्तमान सभापति हरिप्रसाद पोखरेलले रेडक्रस गतिविधिका बारेमा धारणा राखेका थिए ।

संस्थाका उपसभापति लोकनाथ गौतमले स्वागत गरेको कार्यक्रम संचालन सचिव पु्ष्पराज भट्टराईले गरेका थिए । सो साधरण सभाबाट आर्थिक वर्ष ०७६/०७७ को आर्थिक प्रगति प्रतिवेदन पास गरेको थियो भने ०७७/०७८ को कार्यक्रम र बजेट समेत पास गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *