नेपाल रेडक्रस सोसाइटी सुरुङ्गाका संस्थापक उप्रेतीको निधन

सुरुङ्गा, असोज २ – नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका संस्थापक सभापति तथा जग्गादाता गेहनाथ उप्रेतीको १ वर्षदेखि बिरामी भएपछि असोज १ गते बिहान ६:४५ बजे निधन भएको छ। सामाजिक कार्यमा सधैं अग्रसर रहनु भएका स्वर्गीय उप्रेतीले रेडक्रसका विभिन्न सेवाहरूमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

उप्रेतीको निधनको खबर बहिनी ज्वाइँ तथा कनकाई नगर कार्यपालिकाका सदस्य नवलकिशोर दत्तले दिएका हुन्। लामो समयसम्म कनकाई नगरपालिका–७ दुर्गापुरमा बसोबास गर्दै आएका उप्रेती हाल कनकाई नगरपालिका–३, रेडक्रस टोल सुरुङ्गामा बस्दै आएका थिए।

EPIC EPIC EPIC EPIC

स्व। उप्रेतीका धर्मपत्नी कमलादेवी, ३ भाइहरू पदम, गोपाल र गङ्गाप्रसाद, ३ छोराहरू डा। राजेन्द्र, शङ्कर र योगेन्द्र, र ४ छोरीहरू उर्मिला, ईश्वरा, जानुका र संजिता रहेका छन्। उप्रेतीको असोज १ गते नै कनकाई घाटमा वैदिक विधिपूर्वक दाहसंस्कार गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *