Search
Close this search box.
Search
Close this search box.

नेपाल लाइफ इन्स्योरेन्स भोजपुरले विक्षारोपण गरि मनायो वार्षिकोत्सव

दिपेन्द्र लुईटेल भोजपुर । नेपाल लाइफ इन्स्योरेन्स भोजपुर उपशाखा कम्पनीले आफ्नो २२ वर्ष पार गरि २३ औं वार्षिकोत्सव भव्यताका साथ सुसम्पन्न गरेको छ ।

कम्पनीले २०८१ साल बैशाख २१ गते शुत्रवारको दिन २२ वर्ष पार गरि २३ औं वार्षिकोत्सव कम्पनीका उपशाखा प्रमुख दिपक वस्नेत ,अभिकर्ता, शिक्षक लगाएतको उपस्थितीमा बिधोदय मा वि को प्रागणमा धुपि ,अम्वक, मसला,रुद्राक्ष्य लगाएत बिभिन्न प्रजातिका ३० वटा बिरुवाको विक्षारोपण गरि कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा उपशाखा कम्पनीका प्रमुख दिपक बस्नेतले स्वागत एवं शुभकामना मन्तव्य राख्दै नेपालको बीमा उद्दोगमा यस कम्पनीको छुट्टै पहिचान र पहुँच कायम राखि २२ वर्ष देखि उत्कृष्ट बीमा सेवा निरन्तर रुपमा दिई आएकोमा आगामी दिनमा अझ परिष्कृत, चुस्त र सिघ्र बनाई समयानुकुल नविनतम प्रविधिको माध्यमबाट आधुनिक बीमाका योजना तथा सुविधाहरु सरल र सहज ढगंले बीमितसम्म पु(याउने प्रतिवद्धता व्यक्त गरे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *