Search
Close this search box.
Search
Close this search box.

नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी पूरा, दुई हजारभन्दा बढी सहभागी हुने

प्रदेश सरकारद्वारा तीन वर्षमा साढे ३६ अर्ब खर्च

काठमाडौं। नेकपा एमालेको माधव कुमार नेपाल समूहले भोलि र पर्सिका लागि आयोजना गरिने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी पूरा भएको जनाएको छ। आज एक पत्रकार सम्मेलन गर्दै भेलाको राजनीतिक र व्यवस्थापकीय तयारी पूरा भएको जनाइएको हो।

उक्त भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू, केन्द्रीय कमिटीका पूर्वसदस्यहरू, संघ तथा प्रदेशका सांसदहरू, पूर्वसांसदहरू, जिल्ला कमिटीका पदाधिकारीहरू, सम्पर्क कमिटी र मञ्चका सदस्यहरू, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिवहरू, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरू, जनसंगठन तथा पेशागत संगठनका केन्द्रीय सचिवालयका सदस्यहरूका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरू गरी दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरूको सहभागिता रहने जनाइएको छ।

बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापी रूपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि भेला आयोजना गरिएको प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए।

सर्वोच्च अदालतले पार्टी एकता खारेज गरेर पूर्ववत् अवस्थामा फर्किएको नेकपा ९एमाले०लाई त्यस फैसलाअनुसार सञ्चालन गर्न आनाकानी गरिएको योगेशले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

“नेकपा एमाले पूर्ववत अवस्थामा फर्किनु भनेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीहरूको स्वतः पुनःस्थापना हो भन्ने कुरा स्पष्ट छ। यति हुँदाहुदै पनि आफूखुसी बैठकका नाममा गुटका गतिविधिहरू गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयासहरू भइरहेका छन्। यसका विरुद्धमा हामी दृढतापूर्वक उभिएका छौ र राष्ट्रिय कार्यकर्ता भेलामार्फत् हामी यो सन्देश आधारभूत तहसम्म पुर्‍याउन चाहन्छौँ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

फागुन २८ गते बैठकले पार्टीमा थप असहजता, बेमेल र अविश्वास सिर्जना गर्नुका साथै पार्टीलाई विभाजनतर्फ धकेलेको नेपाल समूहको धारणा छ। त्यस अवैधानिक र पार्टी एकताविरोधी कदमलाई सम्पूर्ण रूपमा खारेज गरी पार्टीको विधान बमोजिम केन्द्रीय कमिटीको बैठक आयोजना गरेर पार्टीलाई सुचारु गर्नुपर्ने नेपाल समूहको माग छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *