बुद्धशान्ति । नेपाल स्काउटको शव व्यवस्थापन टोलीले झापाको बुद्धशान्ति गाउँपालिकाको एक जना कोरोना संक्रमितबाट मृत्यू भएको शव ब्यबस्थापन गरेको छ ।
तालिम लिएका स्काउटका सदस्यहरुले अहिले झापामा कोरोना संक्रमितको शव व्यवस्थापन गर्दै आएका छन्। बुधबार बुद्धशान्ति ४ की एक युवतीको मृत्यू भएको थियो । उक्त मृतकको शवलाई स्काउटको टोलीले व्यवस्थापन गरेको नेपाल स्काउटका बुद्धशान्ति संयोजक मञ्जिल पाठकले बताए ।
शव व्यवस्थापन टोलीमा स्काउटबाट शिवानी देवान, कृतिज्ञा गौतम, पूजा कँडेल, पवन खतिवडा रहेका थिए ।