पालिका सन्देश – नेपाल राष्ट्र बैँकले नोटको सुरक्षामा ध्यान दिन आम उपभोक्तालाई आग्रह गरेको छ।
नेपाल राष्ट्र बैँकले सात बुँदै अपिल जारी गर्दै मानव सभ्यताको प्रतीकको रुपमा रहेको नोटको सुरक्षामा ध्यान दिन आग्रह गरेको हो।
नोटलाई जतनसँग प्रयोग गर्न, केरमेट नगर्न, टाँचा र स्टीकर नलगाउन, नोटमा रंगहरुको प्रयोग नगर्न, आर्थिक कारोबार गर्दा विद्युतीय माध्यमबाट गर्नसमेत राष्ट्र बैँकले अनुरोध गरेको छ।