Search
Close this search box.
Search
Close this search box.

नौं हजार घुस लिएका वडाध्यक्षलाई एक महिना कैद

पक्राउ | ARREST

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कबडियालाई भ्रष्टाचार आरोपमा एक महिना कैद र ९ हजार जरिवाना तोकिएको छ। अनुदानका लागि सिफारिस गर्न ९ हजार रुपयाँ घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर मुद्दामा विशेष अदालतले उनलाई विशेष अदालतले कैद र जरिवानाको फैसला गरेको हो।

विशेष अदालतका न्यायाधीशहरू डा. खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले प्रतिवादी कबडियालाई दोषी ठहर गरेको हो। कबडियाले पशु फार्म निर्माण सम्पन्न गरेपछि अनुदान रकम प्राप्त गर्न सिफारिस माग गर्दा कार्यवाहक वडाध्यक्षको भूमिकामा रहेका वडासदस्य कवडियाले ९ हजार घुस मागेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *