नौ महिनामा भित्रियो २७ हजारको ‘गुलाफ’

काठमाडौं। प्रेमिल जोडीहरूले विशेष महत्त्व दिने ‘प्रणय दिवस’ सप्तान्ह आजबाट सुरू भएको छ। पहिलो दिन फेब्रुअरी ७ लाई विश्वभरका प्रेमिल जोडीले ‘रोज डे’ का रूपमा मनाउने गर्छन्।

EPIC

यस दिन आफ्ना प्रेमी/प्रेमिकालाई गुलाफको फूल दिने गर्छन्। प्रेमी प्रेमिकाले किनेर आफ्ना मायालुलाई गुलाफको फूल उपहार दिने भएकाले आजको दिनमा गुलाफको फूलको खपत धेरै नै हुन्छ।

त्यसैले व्यापारीहरूले देशका विभिन्‍न स्थानबाट र विदेशबाटसमेत गुलाफको फूल ल्याएर व्यापारको बन्दोबस्त गर्ने गरेका छन्।

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा चालु आर्थिक वर्षमा गुलाफको फूल भित्र्याउनकै लागि धेरै रकम खर्चिएको छैन।

EPIC EPIC EPIC

साउनदेखि पुस मसान्तसम्मको तथ्यांकअनुसार नौ महिनामा जम्मा २७ हजार रूपैयाँको गुलाफको फूल आयात भएको देखिन्छ। उक्त मूल्य बराबरको जम्मा तीन सय ९० किलो फूलमात्रै भित्रिएको तथ्यांक छ।

EPIC

आज खपत हुने गुलाफको फूलमध्ये धेरै परिमाणमा नेपालमै उत्पादित फूल रहने भन्सार विभागका एक अधिकारीले जानकारी दिएका छन्।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar