न्याय मरेको भन्दै मिडियासँग गुहार

उर्लाबारी, ६ माघ । मोरङको उर्लाबारी–५ का प्रेम बास्तोलाले आफ्नो छोराको मृत्यूमा संलग्नहरूलाई प्रहरीले कुनै अनुसन्धान नगरी छोडेको आरोप लगाएको छ ।
बास्तोलाका ३१ वर्षीय छोरा प्रविणको गत पुस ४ गते शंकास्पद मृत्यू भएको थियो । परिवारले सोमबार आफ्नै घरमा पत्रकार सम्मेलनको आयोजना गरी न्याय दिलाउन मिडियासँग गुहार मागेको छ । परिवारका अनुसार सुरुमा प्रहरीले दोषी पत्ता लगाउने आश्वासन दियो । तर, अहिले घटनामा संलग्न सबैलाई छोडिदिएको छ । मृतक प्रविणका बुबा प्रेमले भने –४ गते घरबाट निस्किएको छोरो ५ गते ११ बजे तिर म¥यो अरे भनेर अज्ञात नम्बरको फोनबाट खबर आयो । कहाँ म¥यो , कसरी म¥यो कसले मा¥यो ,हामी परिवारका सदस्यलाई केही थाहा भएन । प्रहरी पनि प्रत्येक पटक अलग अलग बयान दिन्छ । मर्ने त म¥यो तर न्याय मर्नु भएन नि ,उनले पत्रकार सम्मेलनमा भने ।


छोराको शव मृत अवस्थामा गोदावारी अस्पतालमा भेटिएपछि परिवारले प्रविणलाई त्यहाँसम्म कसले ल्यायो भन्ने सम्म थाहा छैन । मरेको ब्यक्तिलाई एम्बुलेन्स हालेर ल्याइएको परिवारको दाबी छ । तर, प्रहरीले प्रविणको ढुकढुकी भएको अनुमानमा अस्पताल पु¥याएको दाबी गरेको छ । यद्यपि परिवारले अस्पताल स्रोतलाई उधृत गर्दै भन्यो – प्रविणको मृत्यू भएको ३÷४ घण्टापछि मात्र एम्बुलेन्समा हालेर अस्पताल पु¥याएको हो । कर्तब्य ज्यानको मुद्धालाई दुर्घटनामा परिणत गर्न प्रहरीहरू नै संलग्न भएको पीडित परिवारको भनाई छ ।

EPIC EPIC EPIC EPIC EPIC


पीडित परिवारले किटानी जाहेरी दिन पटक पटक प्रहरी कार्यालय जाँदा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले उल्टो थर्काएको मृतक प्रविणकी बहिनी दुर्गा वास्तोलाले बताईन् । प्रमाण नष्ट गर्ने र अपराधीको संरक्षणमा प्रहरीकोे संलग्नता देखिन्छ ,दुर्गाले भनिन् । घटना अनुसार प्रविण पुस ४ गते बेलुका घर नजिकैको मरिमराउमा पुगेका थिए । त्यहाँबाट १ किलो मिटर पूर्वको सौरभी होटलमा प्रविण पुग्छन् र त्यहाँ होटल सञ्चालक कुमार राई लगायतले रक्सी खान्छन् । रक्सी प्रविणले मात्र खाएको दावी प्रहरीको छ । यद्यपि जिउ थाम्न नसक्ने गरी रक्सी पिएको ब्यक्तिलाई लिएर रातको १० बजे पप्पु भनिने राजेश रणपहेली र प्रविण बदाम जुस लिन स्कुटर चढेर अलि पर सम्म पुगेको बताइन्छ । तीन वटा बदाम जुस लिएर प्रविण कहाँ पुगे न त प्रहरीको अनुसन्धान बोल्छ न उनको हत्यामा संलग्नको आरोप लागेकाहरूले नै बोलेका छन् । त्यति मात्र होइन , मद्रासी फिल्म सैलीमा प्रविणलाई मार्ने योजनाका लागि प्रविणलाई भोलिपल्ट जिस्क्याउने भन्दै घुरेको भिडियो खिच्छन् । मध्यरातको १२ बजे बनाएको भिडियो अहिले सम्म प्रविणका बाबु आमाले हेर्न पाएका छैनन् । त्यति मात्र होइन। १ बजेर १० मिनेट जाँदा प्रविणको मोवाइलबाट अज्ञात नम्बरमा २० रुपियाँ ट्रान्फर गरिन्छ ।


होटलमा रिकेश सिवा भनिने मेहरमान दर्जी, दिपेश पौडेल ,राजेश रणपहेली र प्रविण मात्र रहेको भनिए पनि त्यहाँ अरु कोही ब्यक्ति भएको बास्तोला परिवारको दाबी छ । घटनामा संलग्नहरू कोही लागु औषध कारोवारमा पटक–पटक प्रहरी हिरासतमा परेका र कोही मान्छे मारेर फरार भएको पृष्ठभूमिका मानिस भएकोले परिवारले अत्यधिक लागु औषध खुवाएर मारेको हुन सक्ने पीडित परिवारको आरोप छ । प्रहरीले घटना प्रति बेवास्ता गर्नु र न्यायलयले समेत कर्तब्य ज्यानको कुनै सम्भावना छैन् भन्दै मुद्धा मामिला नगर्न सुझाए पछि बास्तोला परिवार झनै आक्रोषित भएको छ ।

यता इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले भने कर्तब्य ज्यानको कुनै प्रमाण फेला नपेरेकोले सरकारी वकिलको कार्यालयले पक्राउ परेका सबैलाई छोडिएको बताए । उनले मृतकको शरीरमा कुनै चोट, नील डाम पनि नदेखिएको बताए । मिसिल मृत भएको छै्न्, अनुसन्धान सकिएको छैन्, प्रमाण फेला परे उनीहरू पक्राउ पर्न सक्छन्–प्रहरी निरीक्षक पोख्रेलले भने ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *