Search
Close this search box.
Search
Close this search box.

न्युजिल्याण्डले सबै विद्यालयका छात्राहरुलाई निशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराउने

काठमाडौं – न्युजिल्याण्ड सरकारले आगामी जुनदेखि सबै विद्यालयका छात्राहरुलाई महिनावारी हुँदा प्रयोग गर्ने सामग्री निशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको छ।

महिनावारी भएको समयमा धरैजसो छात्राहरु विद्यालयमा अनुपस्थित भएको पाइएपछि न्युजिल्याण्डले निशुल्क रुपमा सेनेटेरी प्याड, ट्याम्पन्स जस्ता सामग्री उपलब्ध गराउने निर्णय गरेको हो।

गरिबीका कारण छात्राहरुले सेनेटेरी प्याड खरिद गर्न नसक्दा विद्यालयमा अनुपस्थित हुने गरेको अधिकारीहरुले बताएका छन्। गत वर्ष १५ वटा विद्यालयमा गरिएको निशुल्क सेनेटेरी प्याड उपलब्ध गराउने पाइलट कार्यक्रम सफल भएको थियो।

प्रधानमन्त्री ज्यासिन्दा अर्डर्नले भनिन्, ‘युवाहरु कुनै पनि कारणले शिक्षाबाट बञ्चित हुनु हुँदैन।’ न्युजिल्याण्डमा १२ मध्ये एक जना गरिबीका कारण सेनेटेरी प्याड खरिद गर्न नसक्दा विद्यालयमा अनुपस्थित हुने गरेको उनले बताइन्।

गरिबी कम गर्न र विद्यालयमा उपस्थिति बढाउनका लागि सरकारले निशुल्क प्याड उपलब्ध गराउने एक बहाना मात्र भएको उनले बताइन्। एजेन्सी

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *