Search
Close this search box.
Search
Close this search box.

न्यूनतम मूल्यमा धान खरिद गर्ने सहकारीलाई अनुदान

काठमाडौ । सरकारले न्यूनतम मूल्यमा धान खरिद गर्ने सहकारी संस्थालाई सरकारले अनुदान दिने भएको छ । सरकारद्वारा तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरीद गर्ने सहकारीहरूलाई सरकारले प्रतिक्वीन्टल १ सय १२ रुपैयाँ अनुदान दिने व्यवस्था गरेको हो ।


सरकारले चालू आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्वीन्टल २७ सय ३५ र मध्यम धानको प्रतिक्वीन्टल २८ सय ८५ रुपैयाँ मूल्य तोकेको थियो । बाली लगाउनुपूर्व नै सरकारले धानको समर्थन मूल्य तोकेका कारण धानको बजार मूल्य सुनिश्चित हुने भएको छ । यसैको सकारात्मक प्रभाव स्वरूप यस वर्ष धानखेतीको क्षेत्रफलमा समेत उल्लेख्य वृद्धि भएको र उत्पादनमा समेत वृद्धि हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।


धान खरीदकर्ता सहकारीले कृषकबाट धान खरीद गरेको १५ दिनभित्र सम्बद्ध कृषकको बैंक खातामा रकम भुक्तानी गरिसक्नु पर्ने छ । त्यसैका आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको जिल्लास्थित परियोजना कार्यान्वयन एकाइमार्फत अनुदानबापतको एकमुष्ट रकम खरीदकर्ता सहकारीको बैंक खातामा भुक्तानी गरिने प्रबन्ध मिलाइएको छ । मन्त्रालयका अनुसार समर्थन मूल्यमा धान खरिदका लागि विभिन्न चरणको छलफलबाट सहकारीमार्फत कार्यान्वयन गर्दा प्रभावकारी हुन सक्ने देखिएको हो । सहकारीमार्पmत कृषिको बजारीकरण गर्ने सरकारको नीति रहेको छ ।

हालै बसेको मन्त्रिपरिषद्को बैठकले न्यूनतम समर्थन मूल्यमा धान खरीद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका स्वीकृतसमेत गरेको मन्त्रालयले जानकारी दिएको छ । न्यूनतम समर्थन मूल्यमा धान खरीद कार्यक्रम कार्यान्वयनका लागि जिल्लास्तरमा जिल्ला कार्यान्वयन समिति र मार्गदर्शनका लागि केन्द्रीयस्तरमा निर्देशक समितिको व्यवस्था गरिएको छ ।
सरकारले गरेको यो निर्णयबाट किसानले उत्पादन गरेको धान बजार मूल्य नपाएर सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताको अन्त्य भई किसानको बचतको सुनिश्चितता हुने र धानको बजार मूल्यमा स्थिरता कायम गर्न सहयोग पुग्ने विश्वास मन्त्रालयले गरेको छ ।

धान जस्तो महत्वपूर्ण बालीको मूल्यको सुनिश्चिततासहित सहकारीमार्फत खरीद कार्य गर्ने बृहत् अभियानको पहिलोपटक थालनी भएको बताइएको छ । किसानलाई उचित मूल्य उपलब्ध गराउनका लागि सरकारले प्रत्येक वर्ष धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानबाट समर्थन मूल्यबाट धान खरिद प्रक्रिया अगाडि बढाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *