न्यू कञ्चनद्धारा नयाँ बर्षको शुभकामना आदानप्रदान गर्दे क्यालेण्डर सार्वजनिक

बुद्धशान्ति । न्यू कञ्चन कृषि सहकारी संस्था लि बुद्धशान्ति ३ झापाले नयाँ बर्ष २०७८ सालको शुभकामना आदानप्रदान गर्दे २०७८ सालको बार्षिक कार्यक्रम सहितको क्यालेण्डर (भित्ते पात्रो) सार्वजनिक गरेको छ ।

EPIC

सोमबार संस्थाको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दे शुभकामना आदानप्रदान गर्दे क्यालेण्डर सार्वजानिक गरेकोे हो । संस्थाका अध्यक्ष ईश्वरीराज ढकाल तथा लेखा समिति संयोजक चन्द्रप्रसाद गौतमले संयुक्त रुपमा बिमोजन गरेको हुन् ।

उक्त कार्याक्रममा संस्थाका उपाध्यक्ष सुरज दंगाल, सचिव खेमराज कट्टेल, सहसचिव जनार्दन खतिवडा, सदस्य हिरा सुवेदी, घनेन्द्र भुर्तेल, लेखा समिति सदस्य विष्णुमाया दाहाल लगायतको उपस्थिति रहेको थियो ।

यस बर्षको क्यालेण्डरमा संस्थाको साविक कार्यक्षेत्रभित्र रहेका बुद्धशान्ति गाउँपालिकाका केही धार्मिक तथा पर्यटकीय क्षेत्रका साथै सामूदायिक विद्यालय, बुद्धशान्ति गाउँपालिकाको कार्यालयका तस्वीरहरु समावेश गर्नुका साथै संस्थामा आवद्ध सेयर सदस्यद्धारा संञचालित कृषि तथा पशुपंक्षी व्यवसायलाई समेत समावेश गरिएको संस्थाका व्यवस्थापक तीर्थ तिम्सिनाले बताए ।

EPIC EPIC EPIC

बुद्धशान्तिको धार्मिक, पर्यटन तथा शैक्षिक विकासलाई समेत केही महत्वपूर्ण सहयोग पुग्ने समेत संस्थाका अध्यक्ष ईश्वरीराज ढकालले बताएका छन् । उनले आगामाी दिनमा थप बुद्धशान्तिभरिका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु समावेश गर्दे लैजाने समेत बताएका छन् ।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar