Search
Close this search box.
Search
Close this search box.

पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

काठमाडौं / नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन् । पत्नी सीताको उपचारका लागि दाहाल सोमबार नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट भारत प्रस्थान गरेका हुन् ।

सीताको उपचार मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ । उनलाई सो अस्पतालका डाइरेक्टर तथा कन्सलट्यान्ट न्यूरो सर्जन डा। आलोक शर्माको टोलीले उपचार गर्ने बताइएको छ ।

सीता दाहाल लामो समयदेखि पार्किन्सनजस्तो देखिने रोगवाट पीडित छिन् । मेडिसिटी अस्पतालमा उपचार गराइरहेकी उनको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लगिएको हो । यसअघिपनि उनको अमेरिका, सिंगापुर र भारतमा उपचार गरिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *