दिपेन्द्र लुईटेल भोजपुर ।
नेपाल पत्रकार महासंघ भोजपुरको अध्यक्षमा धुर्ब सुबेदि १ मतको अन्तरले निर्वाचित भएका छन्। उनले २२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी अर्जुन बस्नेतले २१ मत पाएका थिए।
उपाध्यक्षमा सारदा तामाङ, महिला उपाध्यक्षमा सरिता सुनवार , सचिवमा बिबेक राई , सहसचिव प्रमित राई समावेशी सहसचिवमा अर्जुन राई र कोषाध्यक्षमा मोहन तामाङ विजय भएका छन्।
खुल्ला सदस्यमा दीपेन्द्र लुईटेल , प्रेमकुमारि खडका,रमिला प्रधान र श्री कृष्ण बोगटी निर्बिरोध निर्बाचित भएका छन ।
प्रतिशपर्धि महिला उपाध्यक्षमा सरिता सुनवार र कबिता खडका ,दलित सदस्यमा थिरलाल बिश्वकर्मा र मनोज बिश्वकर्मा ,
केन्द्रिय परिषदमा ज्ञानेन्द्र खडका र युवराज बिष्टको बराबरि मत प्राप्त भएपछि गोला प्रथाबाट छनोट गरिएको हो । गोलापर्था छनोट बाट सरिता सुनवार राई युबराज बिष्ट र थिरलाल बिश्वकर्मा निर्बाचित भएका हुन । केन्द्रिय परिषद सदस्यमा अबतारमान राई र युवराज बिष्ट निर्बाचित भएका छन
यस्तै प्रदेश परिषद सदस्यमा प्रदिप चन्द्र राई ,मोहन दुराल र सरिता राई निर्बाचित भएका हुन । जिल्ला शाखमा ५२ जना मतदाता मध्य ४३ मत खसेको थियो ।