‘परस्त्री’मा अभिनेत्री शिल्पा मास्केको कामुक अवतार

shilpa

काठमाडौँ : अभिनेत्री शिल्पा मास्केले ‘द ब्रेकअप’ अनि ‘कागजपत्र’ मा अभिनय गरिन्। तर दुवै फिल्मले उनको करिअर उँभो लगाएन।

हलिउडका चलचित्र, नेटफिल्क्सहुँदै बलिउडको एक फिल्ममा उनको छोटो अभिनय गरिन्। त्यसले पनि उनलाई नेपालमा सफल अभिनेत्री बनाउन सकेन। उनै मास्केको अभिनय रहेको फिल्म ‘परस्त्री’ असार १५ मा रिलिजहुँदैछ जसमा उनको कामुक भूमिका रहेको फस्ट लुक्समेै देखिएको छ।

EPIC EPIC EPIC

निर्माणपक्षले सार्वजनिक गरेको तीन पोस्टमा बाथ टबमा रहेकी उनी बोल्ड देखिएकी छिन्।

शिल्पा एक पोस्टरमा बाथटबमा रगतमा नुहाइरहेकी छिन्। दोस्रो पोस्टरमा दुई कलाकारको बिचमा छिन्। तेस्रोमा रातो कपडामा बेरिएकी छिन्।

फिल्मको फस्टलुक्सले क्राइम जनारामा बनेको फिल्म भन्ने देखाउँछ भने हिन्दी फिल्म मर्डरका पोस्टरको झल्को समेत दिन्छ।

फिल्म सुरज पाण्डेले निर्देशन गरेका हुन्। शर्मिला पाण्डेको निर्माणमा तयार भएको फिल्ममा दीपेन्द्र के खनालको कथा रहेको छ। 

फिल्ममा शिल्पासँगै कोसिस क्षेत्रीको मुख्य भूमिका रहेको छ। निर्माण पक्षले फिल्म नेपाली र हिन्दी भाषामा रिलिज गर्ने तयारी गरेको छ।

पोस्टरमा देखिएको शिल्पाको लुक्सले दर्शकको ध्यान तान्ने निश्चित छ। तर हलसम्म तान्छ तान्दैन त्यो ट्रेलरमा समेत भर पर्छ।

पोस्टर जस्तै फिल्म पनि आकर्षक बनेको भए उनको नेपाली फिल्ममा कायम फ्लप यात्रा रोकिन सक्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *