Search
Close this search box.
Search
Close this search box.

परिवर्तनशिल युवा क्लबको अध्यक्षमा रिजाल,सचिवमा तिम्सिना

बुद्धशान्ति । बुद्धशान्ति – ३ स्थित रहेको परिवर्तनशिल युवा क्लबले आफ्नो दोस्रो बार्षिक साधारणसभाको अवसर पारेर शनिबार नयाँ नेतृत्व चयन गरेको छ ।

समितिको अध्यक्षमा बिनोद रिजाल, उपाध्यक्षमा रबिन आचार्य, सचीवमा तीर्थ तिम्सिना,सह – सचिवमा बन्दना तामाङ, कोषाध्यक्षमा सुमन रेग्मी सर्वसम्म्त चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा ललित राई, रोसन कुरुङ्वाङ, खगेन्द्र सेन्चुरी, बिबेक भट्टराई, ममता अधिकारी र खेमराज खतिवडा सर्वसम्मत चयन भएका छन् ।

संस्थाका अध्यक्ष धनराज थेबेको सभापतित्व तथा आदर्श नमूना सामुदायिक बन उपभोक्ता समूहका उपाध्यक्ष तथा नवकिरण आधारभूत विद्यालयका अध्यक्ष खगेन्द्र आचार्यको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको थियो ।

कार्यक्रममा ओमकारेश्वर शिवालय मन्दिरका अध्यक्ष बलबहादुर श्रेष्ठको बिशिस्ट आतिथ्य , दुईरिङे सहकारीका नेत्रप्रसाद कोईराला, रिभुलुसन युथ क्लबका सचिव बिजय तिम्सिना, समाजसेवी प्रविन बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि आचार्य, बिशिस्ट अतिथि श्रेष्ठ, अतिथि तिम्सिना लगायतले नवनिर्वाचित कार्यसमितिलाई कार्यसफलताको शुभकामना दिएका थिए ।

जलकन्या सेतिदेवि मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा सचिव खड्गप्रसाद खतिवडाले स्वागत गरेका थिएभने संचालन कोषाध्यक्ष सुमन रेग्मीले गरेका थिए ।

अध्यक्ष सम्हालेका रिजालले आउँदो दिनमा क्लवले समुदायको विकास, समृद्धि र हितका लागि कार्य गर्ने बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *