पल्सर स्पाेर्टस अवार्ड : मण्डेकाजी र गाैरीका वर्षकाे उत्कृष्ट खेलाडी 

काठमाडौं / १३औँ दक्षिण एसियाली खेलकुद सागकी ऐतिहासिक चार स्वर्ण विजेता पौडी खेलाडी गौरिका सिंह र दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७६ को उत्कृष्ट महिला र पुरुष खेलाडीको अवार्ड जित्न सफल भएका छन् ।

सागमा किर्तिमानी चार स्वर्ण कै कारण गौरिका अवार्डकी हकदार बनेकी हुन् । १३ औ सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ वर्ष उत्कृष्ट खेलाडी पुरूषको अवार्ड जित्न सफल भए ।

EPIC EPIC EPIC

वर्ष युवा खेलाडीको अवार्ड गल्फ खेलाडी सुबाष तामाङले जिते । उत्कृष्ट प्रशिक्षकको अवार्ड तेक्वान्दोका नबिन श्रेष्ठले जितेका छन् । उनको नेतृत्वमा तेक्वान्दो टिमले १३ औ सागमा १२ स्वर्ण, ६ रजत र ११ कास्य जितेको थियो ।

पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी अरूणा शाहीले जितेकी छिन् । सागमा ऐतिहासिक रजत पदक जितेको महिला राष्ट्रिय भलिबल टिमलाई टिम अफ द ईयरबाट सम्मान गरिएको छ । टेबल टेनिसका पुर्व खेलाडीद्वय सिजरिन शाह र गीता क्षेत्रीलाई लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।

त्यस्तै दिगम सिंह चेम्जोङ पारा एथलिट अवार्डबाट सम्मानित भए । अवार्डको उत्कृष्ट पुरूष, महिला र पिपल्स च्वाइस र प्रशिक्षक तर्फको विजेताले पल्सर मोटरसाइकल प्राप्त गरेका छन् भने अन्य विधाका विजेताहरुले ५०–५० हजार प्राप्त गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *