Search
Close this search box.
Search
Close this search box.

पल्सर स्पोर्टस अवार्डलाई ई-सेवाको साथ

काठमाडौं। नेपाली खेल क्षेत्रको सबभन्दा प्रतिष्ठित ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड २०७६’ लाई विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले साथ दिने भएको छ। 

खेलाडी तथा खेलकर्मीका योगदानलाई मूल्याङ्कन गर्ने नेपाली खेलकुदको सबभन्दा ठुलो कार्यक्रम एनएसजेएफ पल्सर स्पोर्टस अवार्डलाई ई -सेवाले ‘डिजिटल पेमेन्ट पार्टनर’ को रूपमा साथ दिएको हो। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने कार्यक्रममा ई-सेवा सहप्रायोजकका रूपमा रहनेछ। आज सम्पन्न एक कार्यक्रममा मञ्चका तर्फबाट महासचिव प्रज्वल ओली र ई-सेवाका तर्फबाट रोशन लामिछानेले सहप्रायोजन सम्झैतापत्रमा हस्ताक्षर गरे। 

गत वर्ष गरेको प्रदर्शनका आधारमा विभिन्न दश विधामा खेलाडी, प्रशिक्षक तथा अन्य खेलकर्मीलाई पुरस्कृत गरिने अवार्ड यसपालि पुस २८ गते हुनेछ। कोभिड-१९ महामारीका कारण यसपटक मञ्चले सेमिभर्चुअल माध्यमबाट अवार्ड गर्न लागेको हो। नेपालमा भर्चुअल माध्यमबाट हुन लागेको यो पहिलो अवार्ड कार्यक्रम हो। 

सम्झैतापश्चात दश विधामध्येको एक ‘पिपल्स च्वाइस अवार्ड’ विधाको मनोनयनमा परेका खेलाडीलाई अब ई-सेवामार्फत मतदान गर्न सकिनेछ। ‘पिपल्स च्वाइस अवार्ड’ विधाको मनोनयनमा परेका पाँच खेलाडीमध्येबाट ई-सेवामार्फत गरिएको मतदान, फेसबुक लाईक, नेपाल खेलकुद पत्रकार मञ्चको मत र राष्ट्रिय खेल संघका मुख्यप्रशिक्षकको मतदानमा धेरै मत ल्याउने खेलाडी विजेता घोषित हुनेछन्। 

मतदान पुस २७ गते राती १२ बजेसम्म खुला रहने मञ्चका महासचिव प्रज्वल ओलीले बताए। मतदान प्रकृया आजैबाट सुरु हुने उनले बताए। ई-सेवा मार्फत मतदान गर्न लागिएको यो पहिलो पटक हो। यसअघि मोबाइलबाट एसएमएस भोटिङ गरिदै आइएको थियो। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *