देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आजकाे माैसममा आंशिक बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।
पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले बताएका छन् ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकाे विभागले जारी गरेकाे सूचनामा उल्लेख छ ।
अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदलीकाे अवस्था रहेकाे छ । आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने जनाइएकाे छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएकाे छ ।