पश्चिमी वायुको आंशिक प्रभाव :हल्का हिमपातको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिबाट यसको प्रभाव बढ्ने सम्भावना देखिएको छ । हाल पहाडी भू-भागमा आंशिक  बदली रही तराईका भू-भागमा हुस्सु / कुहिरो लागेको महाशाखाले जनाएको छ । 

आज दिउँसो प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  हल्का हिमपातको सम्भावना रहेको छ।

EPIC EPIC EPIC

आज राति प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा  हल्का हिमपातको संभावना रहेको छ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *