पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ – देशमा पश्चिमी  न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका केही क्षेत्रमा हुस्सु/कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १ र बागमतीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । तिनै क्षेत्रको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

EPIC EPIC EPIC

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।  

आइतबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *