Search
Close this search box.
Search
Close this search box.

पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दाजुबहिनीको मृत्यु

पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको फालेलुङ-५ स्थित डाँडा गाउँमा विस्फोटक पदार्थ पड्किएर घाइते भएका दुई बालबालिकाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

मृत्यु हुनेमा ११ वर्षका दिप्सन साँवा र दुई वर्षकी प्रियंशा साँवा रहेका छन् । ज्यान गुमाउने दुवै एकै घरमा दाजुबिहिनी हुन् । 

EPIC

दिप्सनको इलाम अस्पताल र प्रियंशाको बीएन्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको पाँचथर प्रहरी प्रमुख हेमन्त भण्डारीले जानकारी दिए ।

आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्किँदा उनीहरू घाइते भएका थिए । केरुङ भने सदरमुकाम फिदिममा बस्ने गरेका थिए । उक्त घरमा ज्ञानुराज राई बस्ने गरेको प्रहरीले जनाएको छ ।

अझै दुई जना घाइते छन् । घाइतेमध्ये दुवै जनाको अवस्था गम्भीर रहेको उनले बताए ।  

विस्फोटक पदार्थ कस्तो खालको हो भन्ने खुलिनसकेको घट्ना स्थलमा रहेका प्रहरी इन्स्पेक्टर रूपेश तामाङले बताए ।

घरमा अन्य विस्फोटक पदार्थ पनि रहेको आशंकामा नेपाली सेनाको टोली बोलाएको उनले बताए । रातिदेखि नै उक्त क्षेत्र सिल गरेर राखिएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *