Search
Close this search box.
Search
Close this search box.

पाँच महिनामै १८ अर्बको चामल आयात

काठमाण्डौ । पाँच महिनामै ३३ अर्ब ३ करोड ९३ लाख ५४ हजार रुपैयाँको खाद्यान्न -चामल, गहुँ, मकै, कोदो, जौ आयात हुँदा १८ अर्ब रुपैयाँको चामलमात्र आयात भएको छ । चार महिनामा २५ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको थियो । कृषिप्रधान मुलुक नेपालले स्थानीय उत्पादनले माग धान्न नसकेपछि सो परिणाममा चामल आयात गरेको हो ।
स्थानीय उत्पादनले माग धान्न नसकेपछि १८ अर्ब १९ करोड ६५ लाख ९५ हजार रुपैयाँ बराबरको चामल आयात भएको विभागको तथ्यांक छ । भारतबाट चामल आयात भएको छ । कात्तिक महिनासम्म १३ अर्ब रुपैयाँको आयात भएको थियो । एक महिनामा पाँच अर्ब रुपैयाँ बढीको आयात भएको छ । सरकारले खाद्यान्नमा मुलुक आत्मनिर्भर बन्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि स्थानीय उत्पादनले माग धान्न सकेपछि ठूलो परिमाणमा चामल आयात भएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *