Search
Close this search box.
Search
Close this search box.

पाँच हजार नागरिकता वितरण

झापा । जिल्लाको दमकस्थित इलाका प्रशासन कार्यालयले अघिल्ला वर्षभन्दा गत वर्ष करीब दोब्बर नागरिकता वितरण गरेको छ ।

कार्यालयका अधिकृत सूर्यमान बानियाँका अनुसार आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत वर्ष २०७७÷७८ को अवधिमा दुई हजार ४६२ बढी नयाँ नागरिकता वितरण गरिएको छ ।

EPIC

कार्यालयको तथ्याङ्कमा २०७७÷७८ मा पाँच हजार ५७३ नयाँ नागरिकता वितरण गरेको थियो भने २०७६÷७७ मा तीन हजार १११ नयाँ नागरिकता वितरण गरिएको उल्लेख छ ।आव २०७७÷७८ को अवधिमा वैवाहिक अङ्गिकृत ३०, प्रतिलिपी चार हजार ८७१ र नाबालाक परिचयपत्र ८३ जारी गरिएको अधिकृत बानियाँले जानकारी दिए ।

सोही अवधिमा राहदानी नियमिततर्फ दुई हजार २९१, द्रुतसेवा ६१८, ठाडो उजूरी ६६, सङ्घ संस्थान विकरण १५८ र चार हातहतियार इजाजत वितरण गरिएको उल्लेख छ ।

एक करोड २२ लाखभन्दा बढी राजश्व सङ्कलन

यसैबीच, यस वर्ष एक करोड २२ लाखभन्दा बढी राजश्व सङ्कलन भएको छ । राहदानीबापत रु एक करोड २२ लाख ५२ हजार ५००, अन्य प्रशासनिक सेवाबापत रु एक लाख ५७ हजार ८५०, बेरुजु रु आठ हजार १५१ गरी कूल रु एक करोड २२ लाख ५२ हजार ५०० राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले जिल्लाको माइपश्चिम क्षेत्रको दमकसहित कमल, शिवसताक्षी, गौरादहका बासिन्दालाई सरकारी सेवा उपलब्ध गराउदै आएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *