काठमाडौं । पाकिस्तानको पंजाब प्रान्तको फैसलाबादमा फोहोर संकलन गरिरहेका पाँचजना महिलालाई निर्वस्त्र बनाई कुटपिट गरिएको छ । पिडित महिला एकजना किशोरी समेत गहेको भारतीय सञ्चार माध्यम जी न्यूजले जनाएको छ ।
ती महिलाहरु स्थानीय बजारमा फोहोर संकलन गरिरहेको र तिर्खा लागेपछि एक पसलमा छिरेर पानी माग्दा पसल मालिकले चोरी गर्न आएको आरोप लगाई कुटपिट गरेका थिए । पसल मालिक सहित अन्य चारजना व्यक्तिहरूले ती महिलाहरुलाई बाटोमा लागि निर्वस्त्र बनाई कुटपिट गरेका थिए ।
महिलाहरुलाई कुटपिट गरेको तथा पिडित महिलाहरुले आफ्नो लाग्न शरीर ढाक्ने कपडा माग्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि पंजाब पुलिसले महिलाहरुको उद्धार तथा पाँच जना मुख्य आरोपीहरुलाई नियन्त्रणमा लिएको पंजाब प्रहरीको ट्विटमा उल्लेख गरिएको छ ।