पाकिस्तानी सेनाले बीएसएफ जवान नियन्त्रणमा लियो

  • पालिका संवाददाता

काठमाडौं। पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तनाव झनै चुलिएको छ। यही क्रममा पाकिस्तानी सैनिकले पञ्जाबस्थित भारत–पाकिस्तान सीमाबाट एक जना भारतीय सीमा सुरक्षा बल (बीएसएफ) का जवानलाई नियन्त्रणमा लिएको छ।

पाकिस्तानी मिडियाले नियन्त्रणमा लिइएको भनिएको जवानको दुईवटा तस्बिर सार्वजनिक गरेका छन्। पहिलो तस्बिरमा जवानको आँखामा पट्टी बाँधिएको देखिन्छ भने दोस्रो तस्बिरमा उनी एके–४७ र पानीको बोतल बोकेर उभिएको अवस्थामा देखिएका छन्।

EPIC EPIC EPIC EPIC

यता जम्मु–कश्मीरको उधमपुरमा पछिल्लो २४ घण्टादेखि सुरक्षा बल र आतंककारीबीच भीषण मुठभेड भइरहेको छ। दैनिक भास्कर पत्रिकाका अनुसार यस मुठभेडमा एक जना भारतीय सेनाका जवानको मृत्यु भएको छ भने सुरक्षा बलले आतंककारीका चार जना सहयोगीलाई पक्राउ गर्न सफल भएको छ।

भारत–पाकिस्तान सीमामा पछिल्ला दिन तनाव बढ्दो छ भने सुरक्षाकर्मीहरू उच्च सतर्क अवस्थामा रहेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *