Search
Close this search box.
Search
Close this search box.

पाँच लाख घुससहित सिमरा ३ का वडाध्यक्ष पक्राउ

 जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ । कार्की पाँच लाख घूससहित आज पक्राउ परेका हुन्  ।

वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए। घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ ।

पक्राउ परेका वडाअध्यक्ष कार्की एमाले पार्टीबाट निर्वाचित भएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *