Search
Close this search box.
Search
Close this search box.

पाथीभरा मन्दिरको दर्शन तथा अवलोकनमा प्रतिवन्ध

ताप्लेजुङ । पवित्र शक्तिपीठ पाथीभरा मन्दिरको दर्शन तथा अवलोकनमा प्रतिवन्ध लगाइएको छ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण मन्दिरको दर्शनका लागि आउने–जानेहरुबाट कोरोना संक्रमणको भयका कारण स्थानीय प्रशासनले पाथीभरा मन्दिरको दर्शन तथा अवलोकनमा तत्कालका लागि प्रतिवन्ध लगाउने निर्णय गरेको हो।

नवरात्र सुरु भएसंगै पाथीभरामा तीर्थालुको चाँप अधिक हुने गर्छ। गृह मन्त्रालयले यसअघि नै देशभरका शक्तिपीठतथा मन्दिरका साथै स्थखपना गरिने दुर्गा भगवतीको पण्डालमा सर्वसाधारणको अत्यधिक भीड हुने भएकोले कोरोना संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै शक्तिपीठ तथा मन्दिरमा नित्य पूजा बाहेक दर्शन,अवलोकन र भ्रमण रोक्न परिपत्र गरिसकेको छ।

गृहले प्रहरी प्रधान कार्यालय र देशभरका जिल्ला प्रशासन कार्यालयमा पठाएको पत्र अनुसार प्रहरी प्रधान कार्यालयले कार्यान्वयनका लागि मातहतका प्रहरी कार्यालयहरुमा समेत पठाइ सकेको छ। यो अवस्थाम समेत छिटफुट रुपमा पाथीभरा दर्शनका लागि तीर्थालुहरु आउँदै गरेका थिए।

गृह मन्त्रालयले यसअघि नै शक्तिपीठको दर्शन तथा अवलोकन गर्न नपाइने गरी गरेको परिपत्र र संक्रमणको जोखिम भयाभह हुने अनुमानका आधारमा पाथीभरा दर्शन तथा अवलोकनका लागि प्रतबन्ध गर्ने निर्णय भएको जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।  

पाथीभरामा आन्तरिक भक्तजन बाहेक सबैभन्दा बढी भारतको सिक्कीम, दार्जिलिङ, दार्जिलिङ, आसाम, गान्तोक, बंगाल र भुटानका नागरिक समेत दर्शनका लागि आउने गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *