Search
Close this search box.
Search
Close this search box.

पानीमा डुबेर मृत्यु भएका बुद्धशान्तिका मनोज तामाङको मृत्यु प्रकरणमा चार जना पक्राउ

झापा । करिब तीन साताअघि झापाको बुद्धशान्तिमा पानीमा डुबेर एक युवकको मृत्यु भएको घटना सम्बन्धमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

गत भदौ १९ गते बुद्धशान्ति १ स्थित कुलोमा डुबिरहेको अवस्थामा बुद्धशान्ति गाउँपालिका २ निवासी १९ वर्षीय मनोज तामाङ भेटिएका थिए । उनलाई प्रहरीले तत्काल उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाए पनि उपचारको क्रममा मृत्यु भएको थियो ।

EPIC EPIC

सो घटना सम्बन्धमा मृतक मनोजसंगै पौडी खेल्न गएका चार जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १९ वर्षीय सन्देश परियार, रोशन मगर, उनका भाइ १८ वर्षीय सुजन मगर र १९ वर्षीय प्रशन सिवा रहेका छन् ।

मृतकका बुवा तीर्थ तामाङले पाँच दिनअघि उनीहरुविरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरीपछि अदालतबाट पक्राउ पूर्जी ल्याएर उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक रोहितकुमार शर्माले बताए । उनले पोस्टमार्टम रिपोर्टमा कारण नखुलेपछि भिसेराका लागि काठमाडौं पठाएको पनि जानकारी दिएका छन् ।

पाँच जनासंगै नुहाउन गएकोमा तामाङ नुहाएको ठाउँभन्दा ५ सय मिटर दक्षिण भेटिएका थिए । उनको शरीरमा विभिन्न चोट देखिएको मृतकका बुवा तीर्थ तामाङले बताए । ‘कुलोमा पानी नभएको अवस्थामा कसरी बगेर ५ सय मिटर दक्षिण पुग्यो’, उनले भने, ‘डुब्दा पानी खानु पथ्र्यो त्यो पनि पाइएन ।’

संगै नुहाउन गएका साथीहरुले आफ्नो छोरा घटनामा पर्दा जानकारी नगराएको तामाङको दुःखेसो छ । मृतक परिवारले जाहेरी दिएपछि पक्राउ गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले भिसेरा रिपोर्ट आएपछि घटनाको कारण खुल्न सक्ने जानकारी दिएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *