पानी तान्ने मोटर चोरी गर्ने कचनकवलका २ जना पक्राउ

received 6871494396194114

कचनकवल। दक्षिणी झापाको कचनकवल गाउँपालिका-७ बालुबाडीबाट २ जनालाई पानी तान्ने मोटर चोरी गरेर भग्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ।

received 6871494396194114

पक्राउ पर्नेमा कचनकवल-७ सितागढी घर भएका अन्दाजी २० बर्षिया उत्सव कटुवाल र सोही स्थानका अन्दाजी २३ बर्षिया  ज्ञानबहादुर लामिछाने रहेको इलाका प्रहरी कार्यालय बनियानीले जानकारी दिएको छ। उनीहरु लाई एउटा पानी तान्ने मोटरसहित नियन्त्रणमा लिइएको हो।

EPIC EPIC EPIC EPIC EPIC

शनिबार राति ११ बजेको फर्साडाँगीबाट पानी तान्ने मोटर चोरी गरेर भाग्दै गर्दा उनीहरुलाई स्थानीयले पक्राउ गरेका थिए। त्यसलगत्तै इलाका प्रहारी कार्यालय बनियानीबाट आएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनीहरु माथी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ।

पछिल्लो समय यस क्षेत्रमा चोरीका घटना बढेका छन्। प्रहरीका अनुसार २ महिनामा मात्रै इलाका प्रहरी कार्यालयमा मात्रै ४० भन्दा बढी चोरीका निवेदन परेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *