बुद्धशान्ती गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा नेपाली काङ्ग्रेसबाट मनोज प्रसाईंले मनोनयन दर्ता गराएका छन्।
जिल्ला समिति बैठकबाट सोमबार मध्याह्न नाम टुङ्गो लागेपछि उनले मनोनयन दर्ता गराएका हुन् ।
उनिसगै बुद्धशान्ती १मा वडाध्यक्षका लागी हेमन्त बराल,४ मा शेरबहादुर राय,५ मा डेगेन्द्र कार्की, ६ मा शिवराज पौडेलको उम्मेदवार टुङ्गो लगाएको हो।
पार्टी नेतृत्वले उम्मेदवार चयनमा धादली भएको भन्दै असन्तुष्ट पक्षले निर्वाचन केन्द्र बाहिर केहिबेर नारावाजी सहित ढुङ्गामुढा गरेका थियो।
त्यसअघि नै आन्तरिक असन्तुष्टि जनाउदै सो समूहले बुधबारे स्थित पार्टी कार्यलयमा तोडफोड गरेका थियो।