Search
Close this search box.
Search
Close this search box.

‘पालिका सन्देश डट कम’ चौंथो बर्षमा प्रवेश

palika sandesh 3rd anniversary

बुद्धशान्ति । ‘पालिका सन्देश डट कम’ चौंथो बर्षमा प्रवेश गरेको छ । पी.एस.टी नेपाल मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन न्यूज पोर्टल तेस्रो बर्ष पूरा गरि चौंथो बर्षमा प्रवेश गरेको छ ।

डिजिटल अनलाईन मिडियाको भिडमा फरक अनलाइन मिडियाका रुपमा पालिका सन्देशलाई स्थापित गर्ने उदेश्यले सञ्चालनमा ल्याइएको मिडिया चौंथो बर्षमा प्रवेश गरेकोमा यहाँसम्म ल्याउन सहयोग पुर्याउनुहुने सम्पूर्णमा हाउसका अध्यक्ष सुरज दंगालले धन्यवाद प्रकट गरेका छन् । उनले धेरै स्थापित मिडिया र नयाँ खुल्ने डिजिटल मिडियाको भीडमै जन्मिएको पालिका सन्देश डटकमका लागि यो समय निश्चय पनि चुनौतीपूर्ण रहेको र तिन बर्षको यात्रा सफल हुनुका पछाडि आम पाठक वर्ग, विज्ञापनज्ञाता र शुभेच्छुकहरुको अतुलनीय योगदान रहेको बताए ।

अनलाइनका प्रधान सम्पादक बिष्णुप्रसाद लामिछानेले अनलाइन पत्रिकाले स्थापना कालदेखी नै निष्पक्ष , सत्य, तथ्य र सन्तुलित समाचार प्रकाशन गर्दै आएको बताउँदै उनले अनलाइन पत्रिकाले संधै स्थानीय तहको सञ्चार सारथीको भूमिकामा कलम चलाउँदै आइरहेको बताएका छन् ।

हामीले विभिन्न स्थानीय तहका हरेक गतिविधिलाई पाठकसामु पस्किने प्रयास गरिरहेका छौं। स्वदेश तथा विदेशमा रहेका नेपालीले गरिरहेका नियमित गतिविधि, सार्वजनिक कार्यक्रम पनि समेट्दै आएका छौं। अनलाइनका सम्पादक तीर्थ तिम्सिना भन्छन्,–“ तेस्रो वर्ष पूरा भएको सन्दर्भमा उत्साहित बनेका छौं। तपाईंहरुको साथ र सहयोगबिना हामी कहिल्यै पनि पूर्ण हुन सक्दैनौ ।“


पालिका सन्देशले तेस्रो बर्ष पुरा गरेको अवसरमा छापा पत्रिकाको समेत सुरुवत गरेको छ । हरेक बुधबार प्रकाशन हुनेगरी पालिका सन्देश साप्ताहिकको थालनी गरेको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *