Search
Close this search box.
Search
Close this search box.

‘पालिका सन्देश साप्ताहिक’ दोस्रो बर्षमा प्रवेश

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको ‘पालिका सन्देश साप्ताहिक’ पत्रिका दोस्रो बर्षमा प्रवेश गरेको छ । पी.एस.टी नेपाल मिडिया प्रालिद्वारा सञ्चालित पत्रिका जिल्लाको उत्तरी भेगस्थित बुद्धशान्ति गाउँपालिका क्षेत्रलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाई जनतालाई सूसूुचित पार्दै आएको छ ।

स्थानीय स्तरदेखि लिएर प्रदेशको विकास निर्माण शिक्षा, संस्कृित र पर्यटनका साथै यहाँका समुदायको सरोकार र जीवनशैलीलाई विश्वस्तरसम्म पुर्याउन साप्ताहिक पत्रिकासँगै पालिका सन्देश डटकम अनलाइन संस्करण समेत सञ्चालनमा रहेको पत्रिकाका सम्पादक तीर्थराज तिम्सिनाले बताएका छन् । उनले झापा जिल्लाका विभिन्न स्थानीय तह तथा इलामका केही स्थानमा प्रत्यक्ष वितरण हुँदै आएको पत्रिकालाई प्रविधिको विकाससँगै अनलाइनलाई समेत विशेष प्राथमिकतामा राखेको बताएका छन् ।

धेरै स्थापित मिडिया र नयाँ खुल्ने मिडियाको भीडमै जन्मिएको पालिका सन्देश साप्ताहिक पत्रिकाका लागि यो समय निश्चय पनि चुनौतीपूर्ण रहेको र एक बर्षको यात्रा सफल हुनुका पछाडि आम पाठकवर्ग, विज्ञापनज्ञाता र शुभेच्छुकहरुको अतुलनीय योगदान रहेको सम्पमदक तिम्सिनाले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *