Search
Close this search box.
Search
Close this search box.

पालिका स्वास्थ्य टिप्स: बच्चालाई ज्वरो आउँदा के गर्ने, के नगर्ने ?

शिशुलाई ज्वरो आउँदा अभिभावक पनि शारीरिक र मानसिक रुपमा पीडित हुन्छन्। तर, ज्वरो संक्रमणविरुद्ध जुध्ने शरीरको आफ्नै तरिका हो। कतिपय अवस्थामा ज्वरो एक भाइरल संक्रमण हो, जुन बिस्तारै निको हुन्छ। यसको अर्थ यो होइन कि बच्चालाई उपचार र हेरचाहको आवश्यकतै छैन। शिशुलाई उच्च ज्वरो आउँदा निम्न विषयमा बिचार पुर्‍याउनुपर्छ :

एन्टिबायोटिक दिन हतार नगर्नेः कतिपय अवस्थामा १०१, १०२, १०३ डिग्री ज्वरो आएका बालबालिकालाई पनि एन्टिबायोटिक आवश्यकता पर्दैन। सामान्य प्यारासिटामोल सिरप खुवाएर पनि ज्वरो घटाउन सकिन्छ। ब्याक्टेरियाको संक्रमणले ज्वरो आएको चिकित्सकले पहिचान गरेपछि मात्र एन्टिबायोटिक दिइन्छ।

EPIC

हातको विशेष सरसफाइ गर्नेः संक्रमणलाई न्यून गर्न पनि बारम्बार बिरामीको हात मनतातो पानीले धोइदिनुपर्छ। खाना खानुअगाडि र पछि एन्टिसेप्टिक प्रयोग गर्नुपर्छ।

सधैँ ताजा खानेकुरा खान दिने : फलफूल, घरमै बनाएको फलफूलको जुस, घरमै बनाएको अन्य खानेकुरा खुवाउँदा बच्चाको प्रतिरोधी क्षमता राम्रो हुन्छ। ज्वरोसँगै बच्चालाई वान्ता र पखाला लागेको छ भने उसलाई जबर्जस्ती नखुवाउने। बरु झोलिलो कुरा र पानी पिउन दिने। फलफूलको जुस र पानीले डिहाइड्रेसनबाट बचाउछ। बच्चाको खानेकुरामा प्रशस्त सागसब्जी -प्रोबायोटिक डाइट समावेश गर्ने। यसले पाचन प्रक्रियामा सहयोग गर्नुका साथै प्रतिरोध क्षमतालाई सुधार्छ।

शरीरको तापक्रम घटाउन मनतातो पानी वा चिसो पानीमा नरम लुगा भिजाएर टाउको र पाइतालामा राखिदिने। तापक्रम बढ्नेबित्तिकै यो प्रक्रियालाई दोहोर्‍याउन सकिन्छ।

बच्चाले पिसाब गरेको छ, छैन भन्ने ख्याल गर्ने। ज्वरो आउँदा बच्चाले पाँच, ६ घन्टासम्म पनि पिसाब फेरेको छैन भने उसलाई डिहाइड्रेसन भएको हुन सक्छ। यस्तो अवस्थामा अस्पताल लैजानु पर्छ।

वान्ता गरेपछि तरल वा अन्य कुनै खानेकुरा खान नदिनुहोस्। कुनै खानेकुरा वा जुस दिनुअगाडि वान्ता गरेपछि कम्तीमा ३० मिनेट पछि मात्र फेरी खुवाउने। बच्चाको ज्वरो तीन दिनसम्म पनि घटेन र दिनमा पाँचपटकसम्म वान्ता गरेमा तपाईंले बाल विशेषज्ञको सहयोग लिनुपर्छ। अभिभावकको शान्त स्वभावले पनि बच्चालाई छिटो निको हुन सजिलो बनाउँछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *