पाल्पामा तीन वर्षीया बालिका बलात्कृत

पाल्पा- पाल्पामा तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका-५ डेरा गरी बस्ने प्युठान झिम्रुक गाउँपालिका-६ घर भएका २५ वर्षीय प्रेम पुन मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पुनले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *