पावनभुमि र जेसिजले गरे लागुऔषध दुर्ब्यसन बिरुद्धको सचेतना कार्यक्रम

बुध्बारे/ बुधबारे जेसिजको आयोजनामा आइतबार लागुऔषध बिरुद्धको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
पावनभुमि बचत तथा ऋण सहकारी सस्थाको ब्यवस्थापन र इलाका प्रहरी कार्यलय काकडभिट्टाको प्राबिधिक सहयोगमा कार्यक्रम भएको हो।

EPIC

कार्यक्रमको सभापतित्व गरेका पावनभुमि कृषी तथा ऋण सहकारीका अध्यक्ष ठाकुरप्रसाद खतिवडाले बुधबारे जेसिजले लागुपदार्थ दुर्ब्यसन बिरुद्ध देखाएको सक्रियताको प्रशंसा गरेका थिए।
शुभकामना मन्तव्य राख्दै सामाजिक अगुवा नन्दकुमार तिम्सिनाले जेसिजको अगुवाईमा भएको लागुपदार्थ बिरुद्धको कार्यक्रम समाजका लागी प्रभावकारी हुने उल्लेख गरेका थिए।

उनले धार्मिक हिसाबले पनि लागुपदार्थको सेवन र ओसारपसारलाई जघन्य अपराधको रुपमा हेरिएको बताउँदै त्यसतर्फ सबैजना सचेत हुन अनुरोध गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथी एवं इलाका प्रहरी कार्यलय काकडभिट्टाका प्रहरी नायव उप-रिक्षक ज्ञान कुमार महतोको सहजीकरणमा झण्डै ५० जना सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

EPIC EPIC EPIC

लागू औषधका प्रकार र लागू औषधको सेवनले मानव शरिरमा हुने असर, र यसको बेचबिखन तथा ओसार पसार गर्दा हुने कानुनी कारवाही सम्बन्धमा श्रव्य दृश्य सहित प्रहरी नायव निरिक्षक महतोले सहजीकरण गरेका थिए।

EPIC

जेसी उमेश भट्टराईको संयोजकत्वमा भएको कार्यक्रममा सहभागीहरुलाई लागूऔषधका असर, प्रकार बारे जानकारी गराउनुको साथै बालबालिकालाई लागूऔषध दुव्र्यसनीसम्बन्धी जानकारी, त्यसको असर र बच्ने उपायका बारेमा प्रष्ट पारिएको थियो।

कार्यक्रममा लागूऔषध दुर्ब्यसनीमुक्त समाज बनाउन अभिभावक र शिक्षक र सामाजिक संघ-सस्थाहरुले पूरा गर्नुपर्ने दायित्वका विषयमा पनि विशेष जोड दिइएको थियो ।

समाजमा बढ्दै गएको दुर्ब्यसनी र त्यसले पारेको असरका विषयमा सामाजिक स्तरबाट सचेतना दिने उदेश्य सहित बुधबारे जेसिजले कार्यक्रम आयोजना गरिएको बुधबारे जेसिज वर्ष २०२२का अध्यक्ष जेसी मुकेश भट्टराईले जानकारी गराए ।
उनले लागुपदार्थ बिरुद्ध बुधबारे जेसिजले दीर्घकालीन कार्यक्रमको रुपमा गतिविधिहरु संचालन गर्ने उल्लेख गरे।

सामाजिक सस्था र आबद्द पदाधिकारीबाट समाजमा छिटो सचेतना फैलिने भएकाले उनीहरुलाई लक्षित गरि कार्यक्रम गरिएको पनि उनले बताए ।

कार्यक्रममा बुधबारे जेसिजका निवर्तमान अध्यक्ष जेसी अनिल वाग्ले, पुर्वाध्यक्ष नन्दु याफु राई, इलाका प्रहरी कार्यलय बुधबारेका सह-इन्चार्ज शोभा पराजुली, पावनभुमि सहकारीका पदाधिकारी,बुधबारे जेसिजका पदाधिकारी, नेपाल प्रहरी र म्यादी प्रहरी एवं स्थानीयको सहभागीता रहेको थियो।

बुधबारे जेसीजका बिष्णु लामिछानेले जेसिज आस्था वाचन गरेका थिए भने कार्यक्रमको संचालन पावनभुमी बचत तथा ऋण सहकारी सस्थाका केशवकुमार ओझाले गरेका थिए।

EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar