काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि करिब एक अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले ९६ लाख कित्ता अर्थात् ९६ करोड बराबरको आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ । कम्पनीको सेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् ।
शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।