पुस ४ गतेदेखि देशभरका बालबालिकालाई मोर्डना खोप लगाइने

झापा – सरकारले कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेको देशभरका बालबालिकालाई लक्षित गरी पुस ४ गतेदेखि खोप कार्यक्रम सुरु गर्ने भएको छ।

उनीहरुलाई मोर्डना कम्पनीको खोप लगाइने छ। ५७ वटा जिल्लाका स्वास्थ्य संस्थाबाट १२ देखि १८ वर्षमुनीका बालबालिलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

EPIC EPIC EPIC EPIC EPIC

सकेसम्म बालबालिकालाई नजिक पर्ने गरी खोप केन्द्रको व्यवस्थापन गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए।

उनका अनुसार खोप पुगेसम्म सबैलाई लगाइने छ। मोर्डना खोप नपुगेकालाई फाइजर खोप लगाइने छ। पहिलो मात्रा लगाएको महिना दिनपछि दोस्रो मात्रा लगाइने छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *