पूर्ण खोप कहिले पाउने हो यसै भन्न सकिन्न !

काठमाडौं। केही दक्षिण एसियाली मुलुकले कोरोनाविरुद्धको खोपको प्रारम्भिक मात्रा पाए पनि पूरा जनसंख्या र पूर्ण खोप कहिले पाउने हो यसै भन्न सकिन्न। 

EPIC

नेपालले केही दिनअघि १० लाख डोज खोप पायो, अर्को पटक कहिले आउने भन्ने निश्चित छैन। कोरोना संक्रमणबाट प्रभावित नहुने देश अब सायदै बाँकी होलान्। तर, ती सबै देशले यही वर्ष खोप पाउने सम्भावना निकै कम छ। यो अवस्थाले कोरोनाको त्रास अन्त्य नहुने देखिएको हो।

अमेरिका, बेलायत, भारत, रुस र चीनजस्ता देशमा खोप निर्माणको काम चलिरहेको छ। ती देशले निर्माण गरेका खोप सर्वप्रथम त उनीहरुकै देशमा उपयोग हुनेछ। 

कतिपय देश खोप खरिद गर्न नसक्ने अवस्थामा छन्। केही देश र कम्पनीहरुले निर्माण गरिरहेको र यसमा भएको लगानी निकै कम रहेको देखिन्छ। त्यसले पनि कोरोना त्रास यो वर्ष कायमै रहने विश्लेषकहरुले अनुमान गरेका हुन्।
कतिपय देशमा खोप अभियान चलिरहेको छ। महामारीविद्हरु अमेरिका, भारत, मेक्सिको, इरान, ब्राजीलजस्ता मुलुकका निम्ति यो वर्ष कष्टकर हुन सक्ने अनुमान गरिरहेका छन्। 

EPIC EPIC EPIC

किनकि, कोरोनाका कारण मृत्यु हुनेको संख्या यिनै देशमा अधिक छन्। अमेरिकास्थित जोन हप्किन्स युनिभर्सिटीका विज्ञान एवम् इन्जिनियरिङ केन्द्र्रले जारी गरेको नयाँ आँकडाअनुसार विश्वका एक सय ९२ देशमा संक्रमितको संख्या बढेर करिब १० करोड पुगेको छ। 

EPIC

साढे २१ लाखजतिको मृत्यु भइसकेको छ भने बढी प्रभावित हुने अमेरिकामा संक्रमितको संख्या साढे दुई करोड नाघिसकेको छ।

छिमेकी भारतमा संक्रमण दर पछिल्लो समय घटिरहे पनि संक्रमित हुनेको संख्या करोड पार भइसकेको छ। 

त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख ५४ हजार पुग्नै लागको छ। र, कोरोना जित्नेको संख्या एक करोड तीन लाखभन्दा बढी छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar