झापा – विर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने भएका छन् ।
हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाईले शनिबार पत्रकार सम्मेलन गर्दै फागुन १८ गते उद्घाटन गर्ने बताएका हुन् ।
उद्घाटन समारोहमा प्रसिद्ध नायिका मनिषा कोइराला, प्रसिद्ध अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य, भारतकी प्रसिद्ध नायिका सोनाले बान्द्रा लगायतको उपस्थिति रहने बताइएको छ ।
कार्यक्रममा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, मन्त्रीहरु रामबहादुर थापा बादल, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल र पूर्व मन्त्री महेश बस्नेतको उपस्थिति रहने हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरिले बताए ।