पूर्वीनाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

झापा । पूर्वीनाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । आर्थिक वर्ष २०८०/०८१ को चालू आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलना गर्दा रु. एक अर्ब २८ करोड ८४ लाख १० हजार मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

काँकरभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्याँस झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा स्थानीय पेट्रोल पम्पमार्फत विक्री वितरण हुँदै आएको छ । नेपाल आयल निगमको चारआली शाखाले भारतको सिलिगुढीबाट यसको आयात गर्दै आएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०८०/०८१ को चालू आठ महिनामा रु. १३ अर्ब ३३ करोड १६ लाख ३३ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्याँस भारतबाट आयात भएको छ ।

जबकि आव २०७९/०८० को सोही अवधिमा रु. १४ अर्ब ६२ करोड ४३ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्याँस भारतबाट आयात भएको थियो ।

ठूलो मात्रामा पेट्रोलियम पदार्थको आयात घट्दा बजारमा कुनै अभाव महसुस नहुनुले यसको खपत नै घटेको पुष्टि हुन्छ । बैकल्पिक इन्धनको बढ्दो प्रयोग र निर्माण क्षेत्रमा आएको मन्दी यसको प्रमुख कारण हो । बिगतमा भारतको तुलनामा नेपालमा मूल्य कम हुँदा विभिन्न माध्यमबाट डिजेलको तस्करी हुने गथ्र्यो । अहिले भारतमा डिजेलको मूल्य महँगिएको कारण तस्करी नहुँदा नेपालमा खपत कम देखिएको हुनसक्ने जानकारहरु बताउँछन् ।

पूर्वीनाका हुँदै आयात हुने पेट्रोलियम पदार्थमध्ये डिजेलको आयातमा भारी गिरावट आएको छ । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार आर्थिक वर्ष २०८०/०८१ को चालू आठ महिनामा रु. चार अर्ब ८७ करोड ६९ लाख ९६ हजार मूल्य बराबरको ४५ हजार १४० किलोलिटर डिजल भारतबाट आयात भएको छ ।

जबकि, आव २०७९/०८० को सोही अवधिमा रु. पाँच अर्ब ७३ करोड १८ लाख १७ हजार मूल्य बराबरको डिजल भारतबाट आयात भएको थियो । गत आवको फाुगन मसान्तसम्मको आठ महिनाको तुलनामा चालू आवको सोही अवधिमा रु. ८५ करोड ४८ लाख २१ हजार मूल्य बराबरको डिजलको आयात घटेको छ ।

पेट्रोल, हवाई इन्धन, मट्टितेल र एलपी ग्याँसको आयातमा पनि गिरावट आएको भन्सारको तथ्याङ्कले देखाएको छ ।

भन्सार कार्यालयले जनाए अनुसार गत आवको फागुन मसान्तसम्मको आठ महिनाको तुलनामा चालू आवको सोही अवधिमा रु. ३९ करोड ६१ लाख नौ हजार मूल्य बराबरको पेट्रोल, रु. २८ करोड ७४ लाख ८२ हजार मूल्य बराबरको हवाई इन्धन, रु. एक करोड २४ लाख ६७ हजार मूल्य बराबरको मट्टितेल र रु. नौ करोड ४० लाख २१ हजार मूल्य बराबरको खाना पकाउने एलपी ग्याँसको आयात घटेको छ । 

पेट्रोलियम पदार्थ आयातमा आएको गिरावटको प्रत्यक्ष असर राजस्व असुलीमा पर्ने भन्सार अधिकारीहरु बताउँछन् । मेची भन्सार कार्यालयले असुली गर्ने राजस्वको मुख्य बस्तु नै आयातित पेट्रोलियम पदार्थ हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *