Search
Close this search box.
Search
Close this search box.

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कचनकवलमा भव्य रुपमा मनाइयो

कचनकवल। पृथ्वी नारायण शाहको ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस शनिबार झापाको कचनकवलमा विविध कार्यक्रम गरी भव्य रुपमा मनाइएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रुपमा कचनकवल-५ स्थित पाठामारीमा अवस्थित पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरिएको थियो। माल्यार्पण कार्यक्रमका प्रमुख अतिथि तथा राप्रपाका केन्द्रीय सदस्य र कचनकवल गाउँपालिकाका पूर्व अध्यक्ष अन्जार आलमले शालिकमा माल्यार्पण गर्नुभएको हो।

EPIC EPIC EPIC

कार्यक्रमको सभाध्यक्षता राप्रपा कचनकवल गाउँपालिका समितिका अध्यक्ष लक्ष्मीप्रसाद शाहले गर्नुभएको थियो। प्रमुख अतिथि आलमसँगै कोशी प्रदेश सभा सदस्य निमसरी राजवंशी विशिष्ट अतिथिका रुपमा उपस्थित थिइन्।

विशेष अतिथिहरूमा राप्रपाका जिल्ला सदस्य सत्यनारायण यादव, धनवीर तामाङ, रामबीर राजवंशी लगायत अन्य भातृ संगठनका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा एकता दिवसको महत्त्वबारे विचार व्यक्त गरिएको थियो।

कार्यक्रममा सहभागी अतिथिहरूले पृथ्वी नारायण शाहको योगदानको चर्चा गर्दै राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ दिवस मनाइएको बताएका थिए।

राप्रपा कचनकवलद्वारा आयोजित यस कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

साथै साँझ ५ बजे उक्त स्थानमा दीप प्रज्ज्वलन समेत गरिने बताइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *