बुधबारे – नेविसंघ झापाले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिनु पर्ने माग सहित शुक्रबार नेपाल आयल निगम चाराली डोपो मार्फत नेपाल आयल निगम र नेपाल सरकार लाई ध्यानाकर्षण पत्र बुझाएको छ।
नेविसंघ झापा सभापति राजेन्द्र उप्रेतीको नेतृत्वमा गएको नेविसंघ झापाले दिन दुई गुणा र रात चौगुणाका दरले बढाइएको पेट्रोलियम पदार्थको मुल्य वृद्धिले आम नागरिकको जीवन मा ठूलो सास्ती परेकाले तत्काल मुल्य वृद्धि फिर्ता लिइनुपर्ने माग सहित ध्यानाकर्षण पत्र बुझाएको हो।