काठमाडौं । ‘TOB’ लेखिएको टिसर्ट लगाएर पेस्तोल बोक्दै देखा परेका तेन्जिङ दावा पक्राउ परेका छन्। उनी जेनजी आन्दोलनमा सक्रिय थिए।
तेन्जिङको हातमा पेस्तोल देखिएको तस्बिर सार्वजनिक भएपछि प्रहरी सक्रिय भएको थियो।
काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले उनको पक्राउ पुष्टि गर्दै भने, “समातेका मात्रै छौँ, थप अनुसन्धानपछि विस्तृत विवरण आउँछ।”



















