काठमाडौं । पोखराको कास्कीमा कोरोना भाइरस -कोभिड १९ संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा पोखरा महानगरपालिका-११ का ७१ वर्षीय पुरुषको बुधबार राति १० :४७ बजे मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माले जानकारी दिए ।
मधुमेहका बिरामी समेत रहेका उनीमा माघ १० मा कोरोना संक्रमण पुष्टि भएको थियो ।