Search
Close this search box.
Search
Close this search box.

पोखरा रंगशाला निर्माणको ८६ प्रतिशत काम सकियो

pokhara-stadium-nepal

पोखरा । निर्माणाधीन पोखरा रंगशाला निर्माणको भौतिक निर्माणको कार्यप्रगति ८६ प्रतिशत सम्पन्न भएको छ ।करिब एक अर्ब २८ करोड ५० लाख लागतमा निर्माण भइरहेको रंगशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो ।

माछापुच्छ्रे हिमालको फेदमै निर्माणाधीन यो रंगशाला निर्माण भएपछि नेपालकै ठूलो रंगशाला हुनेछ । पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले पछिल्लो समय निर्माणको आवश्यक सामग्रीको अभावमा केही कामहरू रोकिएको बताए । भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पिई बिल्डिङको निर्माण कार्य रोकिएको उनले बताए । रंगशालाको पश्चिमतर्फ भिआइपी सिटमध्येको छानो निर्माणको काम पनि रोकिएको छ । अहिले पोखरा रंगशाला निर्माणमा २० जना नेपाली कामदारले काम गरिरहेको ताम्राकारले जानकारी दिए ।

चेन्जिङ रुम, मिडिया सेन्टरलगायतको काम सकिएको उनले बताए । अब छतसँगै बिजुली जडान गर्ने काम बाँकी रहेको छ । रंगशालको चारैतिरको पिच निर्माणाधीन अवस्थामा रहेको छ भने भने १७ वटा शौचालय निर्माण भइसकेका छन् । ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम जारी रहेको छ । गत मंसिर १५ देखि २४ गतेसम्म जारी १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका केही खेल यही पोखरा रंगशालामा सम्पन्न भएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *