Search
Close this search box.
Search
Close this search box.

प्रकाशचन्द्र न्यौपानेको कविता संग्रह ‘गमलाको पीपल’ बिमोचित

बुद्धशान्ति । प्रकाशचन्द्र न्यौपानेको रचना कविता संग्रह ‘गमलाको पीपल’ कृति बिमोचन भएको छ । घर दलान साहित्य अभियान बुद्धशान्तिको आयोजनामा कवि न्यौपानेकै घर दलानमा कृति बिमोचन भएको हो । प्रमुख अतिथि प्राज्ञ शुभद्रा भट्टराईद्वारा एक भव्य समारोहकाबीच उक्त कृति बिमोचन गरिएको हो ।

पेशाले कमर्स विषयमा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा प्राध्यापनरत रहेका बुद्धशान्ति गाउँपालिका वडा नं. १ निवासी कवि न्यौपानेको यो पहिलो पुस्तकाकार कृति हो । बाल्यकाल देखि नै कविता लेख्दै आएका उनको यो भर्खरै प्रकाशित कृतिमा समसामयीक विषयका ४४ वटा कविता समेटिएका छन् ।

कृतिमा, प्रा.डा. गोविन्दराज भट्टराई, मदन पुरस्कार बिजेता बरिष्ठ साहित्यकार कृष्ण धराबासी, कवि तथा गजलकार केशव आचार्य र शिक्षा सेवी गणेश निरौलाद्वारा भूमिका÷विचार लेखिएका छन् ।

कृति बिमोचन कार्यक्रममा प्राध्यापक चुडामणि बशिष्ठद्वारा कृतिबारे समीक्षा गरिएको थियो । कृतिभित्रका रचना र उत्कृष्टताले समीक्षककै जाँच गर्र्ने बताउँदै कवि न्यौपानेका कविताहरुले मानव जगत लगायत यावत कुराहरुका अवस्था कृतिको नाम जस्तै गमलामा जकडिएको पीपलको जस्तै रहेको भाव व्यक्त भएको थियो ।

कार्यक्रममा, कृष्ण धराबासी, हेमराज अधिकारी र कवि न्यौपानेकी माता बिमलादेवी न्यौपानेबाट मन्तव्य व्यक्त भएका थिए । धराबासीबाट, कवि न्यौपानेका कविताहरुले आजका समयका आवाजहरु बुलन्द गरेका, गमलामा पीपल बन्धनमा परेजस्तै मानव स्वतन्त्रता र उदारता बन्धनमा परेका यथार्थता पोखेका विचार व्यक्त भएका थिए । रोचक र चोटीला कविता कृतिहरुले कवि न्यापाने एक उत्कृष्ट प्रतिभा हुनसक्ने प्रवल सम्भावना रहेको विचार धराबासीबाट व्यक्त भए । अधिकारीबाट, कवि न्यौपानेका कविताहरुले मानव सभ्यता, देशको वर्तमान स्थिति र आम जनताकाबारेमा स्पष्ट रुपमा बोलेका विचार व्यक्त भयो भने माता न्यौपानेबाट कवि न्यौपाने सानै देखि कविता लेख्ने र स्कुलमा कविता भनेर पुरस्कार स्वरुप बटुका आदि लिएर आउने गरेको स्मरण भएको थियो ।

प्रमुख अतिथि प्राज्ञ शुभद्रा भट्टराईबाट बिमोचित कृतिका रचनाबारे विचार व्यक्त भए । कवि न्यौपानेका रचनाहरु ज्यादै उत्कृष्ट, स्पष्ट र मानव सभ्यताका यथार्थता उजागर गर्न सफल रहेका, उच्च काव्यिक गुणहरुले भरिएका विचार व्यक्त भयो । साथै, घर दलान साहित्य अभियान बुद्धशान्तिको सह्राना गर्दै प्राज्ञ भट्टराईबाट बुद्धशान्ति लगायत झापाबाट प्रस्तावना तयार गरिए आपूmले प्राज्ञ सभामा प्रमुखताका साथ पेश गर्ने र प्रस्तावना पास गराउन भूमिका निभाउने विचार व्यक्त भयो । देशमा सात प्रदेश बनाउन मिल्ने तर प्रदेशपिच्छे एकेडेमी स्थापना गर्न चाहिँ किन नमिल्ने ? भनि डटेर प्रस्ताव गर्ने समेत विचार व्यक्त भएको थियो ।

कार्यक्रममा, कृतिका पौडेल, अस्मिता धिमाल, राम आचार्य, पुष्प काफ्ले, वसन्त तिम्सिना, पुरुषोत्तम ढुंगेल, राजेन्द्र रिजाल, शान्ता उप्रेती, धनबहाजुर श्रेष्ठ, कालीबहादुर थापा र नारायण रिजालबाट आआफ्ना रोचक रचनाहरु कविता, मुक्तक, हाइकु बाचन गरिएका थिए । लेखक स्वयम्को प्रकाशन रहेको चिटिक्क बान्कीको यो कविता कृतिको आवरण चित्र सिर्जना एकराज प्रधानको रहेको छ ।

बुद्धशान्ति साँस्कृतिक तथा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा शिक्षा सेवी शीवकुमार पौडेलको अध्यक्षतामा सम्पन्न कृति बिमोचन कार्यक्रममा विशिष्ठ अतिथिहरु प्रा. चुडामणि बशिष्ठ, साहित्यकार कृष्ण धराबासी, मञ्जु बिमली, भीमप्रसाद निरौला, गणेश निरौला र हेमराज अधिकारी रहेका थिए । थप थुप्रै शिक्षा सेवी तथा साहित्यकारहरुको उपस्थिति रहेको सो कार्यक्रममा उद्घोषण साहित्यकार हेमन्ता भण्डारीको रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *