Search
Close this search box.
Search
Close this search box.

प्रगतिशील इन्जिनियरहरूको तेस्रो झापा जिल्ला अधिवेशन हुँदै

झापा। नेकपा एमाले निकट प्रगतिशील इन्जिनियरहरूको संगठन प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (PEAN) झापा जिल्ला कमिटीको तेस्रो जिल्ला अधिवेशन २०८१ माघ २० गते नेकपा एमाले झापा जिल्ला पार्टी कार्यालय, विर्तामोडमा हुने भएको छ। PEAN लामो समयदेखि इन्जिनियरहरूको हकहितका लागि संघर्ष गर्दै र रचनात्मक कार्यहरू गर्दै अघि बढिरहेको संस्था हो।

इ. बसन्त शिवाकोटीको नेतृत्वमा रहेको दोस्रो PEAN झापा जिल्ला कमिटीले दुई वर्षे कार्यकाल पूरा गरेसँगै तेस्रो जिल्ला अधिवेशन आयोजना गर्न लागिएको हो। आगामी कार्यसमितिका अध्यक्ष पदका लागि वर्तमान सचिव इ. विक्रम घिमिरे प्रमुख दाबेदार मानिएका छन्।

EPIC EPIC EPIC

वर्तमान उपाध्यक्ष इ. रोशन भट्टराई विद्यार्थी राजनीतिमा सक्रिय रहँदै हाल अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य छन्। उनले चैतमा हुने अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमा स्थायी कमिटी सदस्यका लागि उम्मेदवारी दिने तयारी गरिरहेको र हाल PEAN को कार्यकारी भूमिकामा नरहने जानकारी गराएका छन्। तर, संगठनले जिम्मेवारी दिए जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अन्य पदाधिकारीहरूले अध्यक्ष पदमा उम्मेदवारी नदिए इ. विक्रम घिमिरे निर्विरोध अध्यक्ष निर्वाचित हुने सम्भावना छ। अधिवेशनलाई निर्वाचनबिनै सहमतिमा टुंग्याउने प्रयास भइरहेको वर्तमान कमिटीका इन्जिनियरहरूको धारणा छ।

शनिबार हुने PEAN झापाको तेस्रो अधिवेशनबाट ५ पदाधिकारी र ११ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *